वाणिज्य बैंकहरुले बचत तथा मुद्दतीको नयाँ ब्याजदर आज असार १ देखि लागू गरेका छन्।
केहीले बचत खातामा दिँदै आएको न्यूनतम ब्याजदर बढाएका छन् भने अधिकतमको सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि बैंकहरुको ब्याजदर स्थिर प्राय छ।
लक्ष्मी बैंकले बचतमा न्यूनतम साढे २ प्रतिशत ब्याजदर कायम राखेको छ भने बचतमा अधिकतम साढे ५ प्रतिशतसम्म तोकेको छ।
त्यस्तै मुद्दतीमा ६ महिनासम्मको व्यक्तिलाई ७ तथा संस्थाहरुलाई साढे ६ प्रतिशत तोकिएको छ। ६ महिनामाथिको बचतमा संस्था र व्यक्ति दुवैलाई ७ प्रतिशत तोकेको छ।
त्यस्तै नेपाल बैंकको पनि बचतमा न्यूनतम साढे २ तथा अधिकतम खाताका प्रकारअनुसार ४ प्रतिशतसम्म छ। मुद्दतीमा बैंकले ३ महिनासम्मको लागि व्यक्ति र संस्था दुबैलाई साढे ५ तथा ३ महिनाभन्दा माथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै ६ महिनाभन्दा बढी अवधिको लागि व्यक्ति र संस्था दुबैलाई ७ प्रतिशत ब्याजदर तोकेको छ।
सिटिजन्स बैंकले बचत खातामा न्यूनतम २.५५ प्रतिशत तथा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ सूची निकालेको छ। बैंकले मुद्दतीमा संस्था र व्यक्ति दुवैतर्फ ७.५५ प्रतिशतसम्म तोकेको छ।
एनआइसी एसिया बैंकले बचतमा न्यूनतम २.५६ प्रतिशत तोकेको छ। ३ महिना र सोभन्दा माथिको व्यक्तिगत तथा संस्थागतलाई ७।५६ प्रतिशत ब्याजदर तोकिएको छ।
एनएमबिले बचतमा ३.६ देखि ५.६ प्रतिशतसम्म तोकेको छ भने मुद्दतीमा व्यक्तिगततर्फ ७.८ प्रतिशत (२ वर्षमाथि), १ वर्षदेखि १८ महिनासम्मका लागि ७.६ प्रतिशत तोकेको छ। व्यक्तिगतमा ३ महिनाभन्दा कम अवधिको लागि साढे ६ प्रतिशत व्याजदर छ।
संस्थागततर्फ ३ देखि ६ महिनासम्मका लागि ६.५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ६.७५ प्रतिशत र १ वर्षदेखि डेढ वर्षसममका लागि ७.६ प्रतिशत तोकेको छ। संस्थागतमा नवीकरण गर्दा भने त्यसैमा ०.१० प्रतिशतसम्म बढी दिइने बैंकले जनाएको छ।
सिभिल बैंकले बचतमा न्यूनतम ३.५५ प्रतिशतदेखि ५.५५ प्रतिशतसम्म तोकेको छ। व्यक्तिगततर्फको मुद्दतीमा पनि बैंकले दिने ब्याजदर तुलनात्मक रुपमा अन्यकोभन्दा बढी छ।
१ देखि २ वर्षसम्मको अवधिका लागि व्यक्तिगत मुद्दती खातालाई ८ प्रतिशत तथा २ वर्षमाथिको अवधिका लागि ८.५५ प्रतिशत तोकेको छ। त्यस्तै संस्थागततर्फ ३ महिनाका लागि ७.१५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ७.५१ तथा १ वर्षमाथिको लागि ७.७५ प्रतिशत तोकेको छ।
मेगा बैंकले बचतमा न्यूनतम २.२५ देखि अधिकतम साढे ३ प्रतिशतसम्म तोकेको छ। त्यस्तै व्यक्तिगत र संस्थागत दुवैमा मुद्दतीमा ७.२५ प्रतिशत तोकेको छ।
सानिमा बैंकले बचतमा न्यूनतम २.०५ प्रतिशतदेखि ४.०५ प्रतिशतसम्म दिने गरेको छ। मुद्दतीमा बैंकले व्यक्तिगततर्फ ३ महिनाको लागि ५.०५ प्रतिशत तथा ६ महिनाभन्दा माथिको लागि व्यक्ति र संस्था दुबैलाई ६.५५ प्रतिशत तोकेको छ।
प्राइम कमर्सियल बैंकले बचतमा न्यूनतम २.७६ देखि अधिकतम साढे ४ प्रतिशतसम्म तोकेको छ। मुद्दतीतर्फ संस्थाहरुलाई ७.७६ प्रतिशत र व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्षसम्मको ७.५ र १ वर्षमाथिको लागि ७.७६ प्रतिशत तोकेको छ।
कुमारीको बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ। मुद्दतीमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि साढे ६ प्रतिशत, १ देखि २ वर्षसम्म ६.७५ प्रतिशत र २ वर्षभन्दा माथिको लागि ७ प्रतिशत तोकेको छ।
संस्थाहरुलाई मुद्दतीमा ३ देखि ६ महिनासम्मका लागि ५।५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६ र १ वर्षभन्दा माथिको लागि ७ प्रतिशत तोकेको छ।
माछापुच्छ्रेले बचत खातामा न्यूनतम ३.१ प्रतिशत र अधिकतम ४ प्रतिशतसम्म दिने गरेको छ। त्यस्तै मुद्दतीमा व्यक्तिगततर्फ ७.५१ तथा संस्थागततर्फ ८.०१ प्रतिशतसम्म तोकेको छ।
प्रभुले बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ भने संस्थागत तथा व्यक्तिगत दुवै मुद्दतीमा ७ प्रतिशतसम्म तोकेको छ।
त्यस्तै नविल बैंकले बचतमा न्यूनतम २.५१ अधिकतम ४.५१ प्रतिशतसम्म ब्याजदर तोकेको छ। व्यक्तिगत मुद्दतीमा बैंकले ३ महिनाको ५ प्रतिशत तथा ६ महिनामाथिको ७.०१ प्रतिशत तोकेको छ।
संस्थागततर्फ मुद्दतीमा सो बैंकले ३ महिनाको ४.०१ प्रतिशत, ६ महिनामाथिको ५.५१ प्रतिशत तथा १ वर्षमाथिको ७.०१ प्रतिशत तोकेको छ।
सिद्धार्थ बैंकले बचतमा न्यूनतम साढे २ र अधिकतम ४ प्रतिशतसम्म तोकेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीमा ३ देखि ६ महिनासम्मका लागि ६.५ प्रतिशत तथा ६ महिनादेखि माथिका लागि ७ प्रतिशत तोकेको छ। त्यस्तै संस्थाहरुका लागि ७ प्रतिशत तोकिएको छ।