नबिल बैंकले कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ। इच्छुक ग्राहकले बैंकको वेबसाइटबाट साना तथा मझ्यौला कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन्।
यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप थप गरिएको बैंकले बताएको छ। अब ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन्।
बैंकले आधिकारिक वेबसाइट मार्फत कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेको बैंकले बताएको छ।
यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक–गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ।
देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको सञ्जाल मार्फत सेवा प्रवाह गरिरकेको छ।