मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउण्टर सुरु गरेको छ।
क्यापिटलले साउन ११ गतेदेखि १४ गतेसम्म र १७ गतेदेखि २५ गतेसम्म हरेक दिन बेलुका ५ बजेदेखि सात बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा काउण्टर सञ्चालन गरिरहेको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन गर्ने लगानीकर्ताको सहजताका लागि काउण्टर सञ्चालन गरिएको क्यापिटलले बताएको छ।