मंगलबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ। यस दिन बजार ३ हजार १११ अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।
यस दिन परिसूचक २६ अंकले बढेको हो। दिनभर ११ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ २, फाइनान्स १०, होटल तथा पर्यटन १२, जलविद्युत ६६, जीवन बीमा ११९, उत्पादन ४१, माइक्रोफाइनान्स २२१, निर्जीवन बीमा ६०, अन्य २५ र ब्यापार समूह १०१ अंकले बढे।
विकास बैंक समूह भने २ अंकले घटेको छ। कुल १३१ कम्पनीको मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
पाँचथर पावर कम्पनी, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रो, युनियन लाइफ इन्स्योरेन्स, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको छ।
ग्रीन लाइफ हाइड्रो, अपि पावर, सिइडिबी हाइड्रोको मूल्य ८ प्रतिशतले बढेको छ। यस दिन युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ। अरु घट्ने कम्पनीको मूल्य २ प्रतिशतमुनि रह्यो।
यस दिन अपि पावरको सबैभन्दा धेरै ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो भने ङादी ग्रुप पावरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो।