सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। आन्तरिक राजश्व कार्यालय कपिलवस्तुका प्रमुख कर अधिकृत दिनेश पाण्डेले एक्सटेन्सन काउन्टरको उद्घघाटन गरेका थिए।
अब यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै गर्न सक्नेछन्।
छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापना गरिएको हो।