दसैंको अवसरमा नबिल बैंकले असोज १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरु गरेको छ।
योजना अन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जानकारी दिएको छ।
बैंकले देशभर १३५ वटा शाखा कार्यालयहरु, १८५ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित सेवा प्रवाह गरिसकेको छ।