नेपाल बङ्गलादेश बैंकले मकवानपुर हेटौंडा उपमहानगरपालीकाको ९ स्थित हेटौंडा सिमेन्ट उद्योग हाताभित्र आफ्नो १० औं विस्तारित सेवा केन्द्र शुभारम्भ गरेको छ।
उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन्।
विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पु¥याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।
यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ।
बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।