सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ।
शुक्रबार (आज) बसेको ३७५ औँ सञ्चालक समितिको बैंठकले शेयरधनीलाई आर्थिक वर्ष २०७७ ०७८ को मुनाफाबाट १६ प्रतिशतट लाभांश दिने घोषणा गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१.१० बराबरको बोनस शेयर वितरण गर्ने भएको हो।
३८ करोड ८२ लाख ५६ हजार ८ सय ७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल २ अर्ब एक करोड २३ लाख सात हजार छ सय ९८.३४ वितरण गरिने छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।
बैंकले १८३ शाखा, १२१ एटिएम. र १११ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको चुक्ता पुँजी १२ अर्व ५७ करोड छ। ‘