एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागितो थियो। रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेको बैंकको भनाइ छ।
त्यसैगरी १०० बढी कर्मचारीहरु तथा ग्राहकहरुले निःशुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडबारेमा आवश्यक परामर्श लिएका छन्।
बैंकमा २५ वर्ष बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको छ।
यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो सम्झौतापत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबीच साटासाट गरिएको थियो। यसै अवसरमा बैंकले बानेश्वरस्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो।
यस बैंकको १०५ शाखा संजाल, १३८ एटिएम र ३१ वटा संकलन केन्द्र छन्।