मुक्तिनाथ बैंकले दूर्घटना बिमा ल्याएको छ। बैंकले १० लाखको दूर्घटना, मुत्यु तथा अशक्तता बिमा सुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो।
ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमै उत्कृष्ट बचत खाता खोल्न सकिने बैंकको भनाइ छ।
यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ।
साथै पहिलो वर्षको लागि निःशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाइल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत दिनेछ।
यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।