साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सुधार देखिएको छ।
सोमबार सेयर बजारमा ८७.६३ अंक वृद्धिसँगै परिसूचक २६७२ अंक कायम भएको छ।
आज कारोबार रकममा पनि सुधार भएको छ। आइतबार २ अर्ब ७७ करोड ३४ लाख रूपैयाँको सेयर किनबेच भएको थियो। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ।
आज १८ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।