साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सुधार देखिएको छ। सेयर बजारमा ८७.६३ अंक वृद्धिसँगै परिसूचक २६७२ अंक कायम भएको छ।
आज कारोबार रकममा पनि सुधार भएको छ। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ।
आज १८ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।
यी हुन् दस प्रतिशत मूल्य बढ्ने कम्पनीहरूः
- गोर्खा फाइनान्स
- बेस्ट फाइनान्स
- श्री इन्भेस्टमेन्ट फाइनान्स
- सेन्ट्रल फाइनान्स
- गुहेश्वरी मर्चेन्ट
- मल्टिपर्पोज फाइनान्स
- सांग्रिला डेभलपमेन्ट बैंक
- दिव्यश्वरी हाइड्रो
- सिनर्जी पावर
- अरुण काबेली
- हिमालयन पावर पार्टनर
- नेपाल हाइड्रो डेभलपर्स
- राधी विद्युत
- युनिभर्सल पावर
- युनियन हाइड्रोपावर
- हिमाल दोलखा हाइड्रोपावर
- शिवश्री हाइड्रोपावर
- ग्रीनलाइफ हाइड्रोपावर।