मंगलबार सेयर बजारमा ६ अर्ब ३१ करोड बढीको सेयर किनबेच भएको छ।
यो साताको पहिलो दिन आइतबार तीन अर्ब कमको कारोबार भएको थियो। त्यस्तै सोमबार चार अर्ब तीस करोडको कारोबार भएको थियो।
आज सेयर बजारको परिसूचक पनि ७८.८२ अंकले बढेको छ। योसँगै परिसूचक २७५१ अंक कायम भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७९ वटाको मूल्य बढेको छ भने ६ वटाको घटेको छ। दुइटा कम्पनीको मूल्य भने स्थिर छ।
आज सात वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।
१० प्रतिशत मूल्य बढ्ने कम्पनीहरू यी हुन्ः
- बेस्ट फाइनान्स
- ङादी ग्रुप
- खानीखोला हाइड्रो
- राधी विद्युत
- घलेम्दी हाइड्रो
- माउन्टेन हाइड्रो
- चन्द्रागिरि हिल्स