नेपाल बङ्गलादेश बैंकले ९० भायल रेम्डेसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग गरेको छ।
औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उक्त अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे।
महामारीको उच्च जोखिमका बेला सो अस्पतालले कार्यको सह्राना गर्दै सहयोग गरेको बैंकको भनाइ छ।
बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंकसँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा ५००० भायल तथा २०७८र७८ मा पनि ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग गरेको थियो।
उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो।
हाल बैंकको १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम छ।