मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ।
कम्पनीले पोखरा र बुटवलमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरी शाखा कार्यालयहरु बनाएको छ।
जहाँबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवाहरु प्राप्त गर्न सकिन्छ।
दुवै कार्यालयहरुको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो।
यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरुलाई सुविधामा थप पहँुच प्राप्त गर्न सहयोग मिल्ने विश्वास लिइएको छ।
मेटलाइफका ग्राहकहरुले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट पनि प्राप्त गर्नसक्ने बताइएको छ।
उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो।
हाल बैंकको १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम छ।