साताको सेयर बजार कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५ अंकले घटेको छ।
आज नेप्से परिसूचक ५ दशमलव ८४ प्रतिशतले घटेर २,४४९ दशमलव ९७ को विन्दुमा झरेको छ। होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन्।
दिनभरिमा २३१ वटा कम्पनीको ६२ करोड २३ लाख ७२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ८ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यसैगरी आज अपि पावर कम्पनीको ८ करोड ६२ लाख, नविल बैंकको ८ करोड १४ लाख र महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतले गुमाएका छन्।