एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ रकम भुक्तानी गरेको छ।
बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाललाई बैंकले रकम भुक्तानी गरेको हो।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड १० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ करोड ६१ लाख रुपैयाँ गरी कुल ५ करोड ११ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरिरहेको छ।
हाल बैंकले देशभर रहेको आफ्नो ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।