कुमारी बैंक लिमिटेड धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच बैंकका ग्राहकहरूलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्य उपचारसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू पुर्याउँदै छ।