'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ। उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरेका हुन्।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू अम्बीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका प्रमुख व्यापार निक्षेप र लेनदेन बैंकिंग भोला बहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति थियो।
हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटिएमसहित नेपालभर एटिएम संख्या ९९ पुगेको छ।