साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से करिब ५८ अंकले बढ्दा १३ वटै उपसूचकहरु बढेका छन्।
आइतबार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २,०८६.४२ को बिन्दुमा पुगेको हो। दिनभर २३१ किसिमका धितोपत्र तथा ऋणपत्रको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसदिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। जसमा साल्ट ट्रेडिङ, हिमालयन पावर, अपर तामाकोशी, सानजेन जलविद्युत कम्पनी, नेष्डो समृद्धि लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको हो।
सबैभन्दा धेरै न्यादी ग्रुप पावरको सेयर कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड २८ लाख ६९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख ३८ हजार रुपैयाँ, सिवम् सिमेन्टको ६ करोड ९७ लाख ८५ हजार रुपैयाँ, एनआइसी एसियाको ६ करोड ८९ लाख ८ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २६ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।