सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीअन्तर्गत बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलज्यूले हस्ताक्षर गरेका हुन्।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा छन्। साथै, सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।