प्रभु लाइफ इन्स्योरेन्सको 'बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन' कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीले पोखरामा साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवम् शाखा उपशाखा कार्यालयका कर्मचारीहरूलाई सम्मान गरेको छ।
बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरे।
उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
पहिलो चरणमा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट व्यवसाय गर्ने सिइओ क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।