एनएमबी क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी प्रणालीहरू प्रयोग सम्बन्धी सम्झौता भएको छ।
कम्पनीले भुक्तानी सम्बन्धी कारोबारहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक सम्झौता भएको हो।
सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पछि एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिने बताइएको छ।