गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन्।
क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई आज (बुधबार) देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सीइओ भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सिए) गरेका छन्। उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्य सम्पादन गर्दै आएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएको कम्पनीले बताएको छ।
यस अघि उनले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आएका थिए।
क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
हाल कम्पनीले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य, डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरू पनि प्रदान गर्ने जनाएको छ।