आइसिएफसी फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांशको प्रस्ताव गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लख १५ हजार २०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९, ००:२४:००