फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश लिन लागेको हो।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।