सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ।
१२औं वार्षिकोत्सवको अवसर पारेर बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको हो।
बैंकले धनगढी र महेन्द्रनगरमा छुट्टा–छुट्टै कार्यक्रमहरूको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा धनगढीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रमकाठमाडौं, मंसिर १६मा डेपुटी गभर्नर ढुंगानाले पानी पुरीदेखि जुत्ता मर्मतसम्म टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरू डिजिटल रूपमा क्युआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी हुन्।
महेन्द्रनगरमा आयोजित उक्त कार्यक्रम प्रतिनिधि सभा सदस्य तथा पूर्व माननीय मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख आतिथी लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरू अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्र कै उत्पादकत्व बढाउन सकिने कुरा बताए।