एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित बोनस सेयर नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
कम्पनीले गत वर्ष पनि १० प्रतिशत नै बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।