एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।
गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
साथै, प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २० गते १०औं वार्षिक साधारण सभा गर्ने पनि निर्णय गरेको छ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने भएको छ। पुस ४ गतेसम्म कायमसेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।