नेपाल अडिटर्स एशोसियन (अडान) ले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन माग गरेको छ।
अडानको केन्द्रीय समितिको बैठकले उच्च ब्याजदरका कारण व्यवसायीहरू मर्कामा परेको र बजारमा मन्दी देखिएकाले ब्याजदर घटाउन नेपाल सरकार समक्ष माग गरेको हो।
यस्तै बैठकले १९ बुँदे प्रस्ताव पारित गर्दै शेयर ब्रोकरको लेखापरीक्षण नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकले पनि गर्न पाउनुपर्ने माग राखेको छ।
अडानको बैठकले लेखापरीक्षणलाई सरलीकृत बनाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने लेखापरीक्षकलाई आचारसंहिताको पूर्ण पालना गर्दै पेशालाई मर्यादित बनाउन ध्यानाकर्षण गराएको छ।