सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेको छ।
आज नेप्से १.२५ प्रतिशतले घटेर १९३८.७६ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ पुगेको छ।
यस दिन २४० वटा धितोपत्रको ४१ लाख २७ हजार २८७ कित्ता सेयर किनबेच भएको छ।
सोमबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ३.१२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३६४ रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, एनआइसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य २.५६ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा अजोड इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१५ रुपैयाँमा झरेको छ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य ५.७७ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ३५ पैसामा बन्द भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ।
यस दिन उक्त कम्पनीको ४९७ रुपैयाँमा ३० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.९४ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५८४ रुपैयाँमा ९० पैसामा २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले घटेको छ।
त्यस्तै, वित्त समूहको परिसूचक २.३७ प्रतिशतले घटेको छ।