एनएमबी बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य नाफाबाट सेयरधनीरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
बैंकले गत वर्ष भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा बैंकले लाभांश दर घटाएको छ भने नगद लाभांशमा जोड दिएको छ।