साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट सेयरधनीरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
कम्पनीले गत वर्ष भने २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।