सिप्रदी ट्रेडिङ्ग र सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा बुटवलमा टाटा मोटर्स कार मेला सुरु भएको छ। सिप्रदी टाटाको आधिकारिक बिक्रेता हो भने अटो इन्टरनेसनल सिप्रदीको आधिकारिक वितरक हो।
वार्षिक रुपमा आयोजना यस्तो मेला पहिलो पटक बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको हो। उक्त मेला शुक्रबार, शनिबार र आइतबार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ।
कार मेलाले ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेकाले यो बर्षदेखि बुटवलमा पनि आयोजना गरिएको कम्पनीले जनाएको छ। मेलामा ग्राहकले आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन्।
यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन्।