पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरस्थित होटल सेन्टर प्लाजाले ISO 9001 :2015 मान्यता पाएको छ।
होटल सञ्चालनको छोटो अवधिमा सेन्टर प्लाजा होटलले आईएसओ मान्यता पाएको हो। सेन्टरप्लाजा होटल मध्यपश्चिमकै पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त होटल भएको छ ।
५५ करोड रुपैयाँ लगानीमा निर्मित होटल सेन्टर प्लाजामा ८० कोठाको सुविधा छ भने २२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ।
होटलमा पाँचतारे स्तरको सम्पूर्ण सुविधा छ भने ८० प्रतिशन स्थायीयलाई यसले रोजगारी दिएको छ। त्यसमध्ये ६० प्रतिशत महिला छन्।
स्थानीयस्तरबाट उपलब्ध श्रमलाई प्रोत्साहन प्रशिक्षण र विकास गरी स्तरीय सेवा दिईरहेको प्रबन्ध निदेर्शकले देव अर्यालले बताए। ‘होटलले छोटो समयमा नै आईसओ मान्यता पाउनुमा होटलका सबै परिवारको मेहनतको फल हो,’ उनले भने।
चुस्त सेवा, क्वालिटी फुड नै आईएसओ मान्यता पाउनुको प्रमुख कारण रहेको उनले बताए। आंशिक रूपमा मंसीरदेखि सञ्चालन आएको होटल वैशाख २५ देखि पूर्णरूपमा वैशाख २५ गतेबाट संचालन भएको थियो।