पोखरामा वास्किन रोविन्सको आइसक्रिप सप संचालनमा आएको छ।
वास्किन रोविन्सको सहकार्यमा भारतको ग्रेभिस फुड्स र सन इन्टरनेसनल इनकर्पोरेटेडले पोखराको लेकसाइडमा आइस क्रिम सप खोलेको हो। ग्रेभिस फुड्सका प्रमुख कार्यकारी निर्देशक मोहित खटले एक कार्यक्रमका बीच सपको उद्घाटन गरे।
सो अवसरमा सन इन्टरनेसनल इन्कर्पोरेटेडका अध्यक्ष सौरभ ज्योती, कार्यकारी निर्देशक रविराज कर्णिकार, व्यापार प्रवद्र्धन अधिकृत–आरहन्त राज कर्णिकार, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो।
नेपालमा सन इन्टरनेसनल इनकर्पोरेटेडद्वारा खोलिएको वास्किन रोविन्सको यो १२ औ पसल हो।