निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले बुटवलमा ‘द्वारिका उदय सिनेमा’ संचालनमा ल्याएका छन् ।
उक्त हल लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स फेजमा निर्माण गरिएको छ । हलको कुल दर्शक क्षमता २०० रहेको छ।
टु–डी तथा थ्री–डी स्क्रिन, सराउण्डिङ्ग साउण्ड सहितको हल शुक्रबारबाट सञ्चालनमा आएको छ ।
बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुढृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएकोले बुटवलको राजमार्ग चौराहास्थित प्रधान हाईटमा उक्त फिल्म हल निर्माण गरिएको उदयले बताए।