चन्द्रागिरि हिल्समा भ्यालेन्टाइन डेको दिन मनोरन्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ। युवा पुस्ता लक्षित उक्त पूर्ण प्याकेज कार्यक्रम हुने चन्द्रागिरि हिल्सले जानकारी दिएको छ।
कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बारमा संचालन हुने छ । कार्यक्रममा सहभागी हुनेलाई प्रतिजोडी ३,९९९ रुपैयाँ तथा प्रतिव्यक्ति २,४९९ रुपैयाँको प्याकेज रहेको कम्पनीले जानकारी दिएको छ।
.प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट पनि पाउने छन्।
चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ।