सयुक्त अरब इमिरेट्ससँगको हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ। नेपाल सरकार र युएई सरकारबीच यसम्बन्धमा गृहकार्य शुरु भएको छ।
सम्झौता पुनरावलोकनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल अघि बढाएको छ।
असारभित्रै हुने उच्चस्तरीय भ्रमणको अवसरमा सम्झौता हुनेगरी तयारी अघि बढाइएको मन्त्रालयका सम्बन्ध उच्च अधिकारीले जानकारी दिए।
सन् २०१५ मा भएको संसाधेन भएको युइएइसँगको सम्झौताअनुसार दुई देशका एयरलाइन्सले हप्तामा २८ हजार सिट क्षमताका जहाज उडान पाउछन्।
दुईदेशबीच पहिलोपटक सन् १९९९ मा हवाई सेवा सम्झौता भएको थियो। हाल नेपालका दुई र युएईका दुइ एयरलाइन्सले नेपाल र युएईबीच उडान गरिरहेका छन्।
नेपाल एयरलाइन्सले हप्तामा ४ उडान गरिरहेको छ भने हिमालय एयरलाइन्सले ७ उडान। फ्लाई दुबईले हप्तामा २८ उडान गरिरहेको छ भने इतिहाद एयरलाइन्सले ७ उडान गरिरहेको छ।
यो पटकको पुनरावलोकनबाट साप्ताहिक उडान संख्या बढाउने लगायतका काम हुने मन्त्रालयको भनाई रहेको छ।
नेपालले हालसम्म ३९ देशसँग यस्ताे सम्झौता गरिसकेको छ।