नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले भोलिदेखि काठमाडौमा ‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सपो एन्ड कन्क्लेभ’को आयोजना गर्ने भएको छ ।
भारतीय राजदूतावास र ‘फ्रन्चाइज’ इण्डियाको सहकार्यमा कार्यक्रम गरिन लागेको महासंघले जनाएको छ। कार्यक्रमको पहिलो दिन भोली विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल हुने छ।
सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जेठ २ गते होटल याक एण्ड यतिमा उद्घाटन हुने कार्यक्रम छ । नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको जनाइएको छ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन्। एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिहरूलाई सहभागी हुन समेत आकर्षित गर्ने आयोजकको ठहर छ।
एक्सपोमा बिभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फूड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहने छन् ।सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ।
एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहने छ।
त्यसैगरी भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहने छन्। कार्यक्रममा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिनेछन् ।
कार्यक्रमको पहिलो दिन नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नया“ मार्गचित्र, नेपाललाई केले विशाल व्यवसायिक गन्तव्य बनाउन सक्छ, खुद्रा व्यवसायमा व्यवसायिक अवसरहरू लगायतका पा“च विभिन्न विषयमा दुवै देशका सफल व्यवसायीहरूले आ—आफ्ना अनुभवहरू आदानप्रदान गर्ने कार्यक्रम छ।
आयोजकका अनुसार उक्त सम्मेलनलाई विशेषगरि एक्सपो र कन्क्लेभ गरि दुई भागमा व्यवस्थापन गरिएको छ । जस अनुसार २ सय पचास इच्छुक व्यवसायी र लगानीकर्ता कन्क्लेभमा र करिव एक हजार एक्सपोमा सहभागीे हुने लक्ष्य राखिएको छ ।
कार्यक्रमलाई अग्नी इन्कर्पोरेटेडले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सर टीव्रेवाला, गोल्ड स्पोन्सर मेरो घर र जीएमआर, सिल्भर स्पोन्सर नेपाल एसवीआई र सीटीअफ ड्रीम्स, ब्रोन्ज स्पोन्सरमा साङग्रीला चप्पल रहेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘एफएनसीसीआई’का अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरहरूमा लगानी गर्न रूची भएका अन्तर्राष्ट्रिय ब्राण्डहरूस“ग सहकार्यको अवसर खोजीरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गर्ने बताए।
उनले नेपालमा रहेका व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघको सदैव सहयोग रहने समेत भनाइ राखिन्।कार्यक्रमा भारतीय राजदुतावासका कमर्स सेक्रेटरी कपिलध्वजप्रताप सिंहले नेपालको आर्थिक व्यवसायिक विकासको अभियानमा सहयोग पु¥याउने प्रयास स्वरुप भारतीय राजदूतावास, फ्रेन्चाइज इण्डिया र महासंघको पहलमा यो कार्यक्रम आयोजना हुन लागेको बताएका हुन।
दुई दिनसम्म चल्ने उक्त कार्यक्रमबाट नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरूको आकर्षण, व्यवसायिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय ब्राण्डहरूसंग नेपाली ब्राण्डहरूको सहकार्यको सम्भाव्यता, नेपाली ब्राण्डहरूलाई स्तरोन्ति गर्न सहयोग पुग्ने, प्रविधि, शीप तथा विकासको मोडल भित्रन सक्ने, लगानीको वातावरण बन्ने र रोजगारी सृजनामा सहयोग पुग्ने विश्वास गरिएको आयोजकको भनाइ छ।