ओयोले आज पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ।
सूचीले आउँदो गर्मीमा नेपालीको भ्रमण योजना देखाएको छ।सूची अनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कूल बुकिङमा २२१ प्रतिशतले वृद्धि भएको छ। जसमा नेपालीहरुले पनि गर्मी बिदा मनाउने योजना अगाडि नै बनाउन शुरु गरेको देखिन्छ।
प्रत्येक ७२.४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको छ। जसमध्ये सबैभन्दा बढी बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा र विराटनगर रहेको कम्पनीको भनाइ छ।
बुकिङ भएका स्थान मध्ये काठमाडौें प्रथम स्थानमा रहेको छ। बुकिङ गर्नेमा अधिक्तम बुकिङ जोडीहरुले (५७.२७५) गरेका छन्। परिवार र एकल यात्रुहरुले समान संख्यामा(२१.३६५)बुकिङ गरेका छन्।
नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ। नेपाली यात्रुहरुले छुट्टीको योजना बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नमा देखाएको उत्साहलाई एपमार्फत भएका बुकिङले प्रस्ट पारेको कम्पनीले जनाएको छ।
ग्राहकको बसाई आनन्दमय र झन्झटमुक्त बनाउन निरन्तर प्रयासरत रहने ओयो होटल्स् एण्ड होम्स्, भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले बताए।
ओयो काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धनगढी गरेर नेपालका १० शहरहरुमा सञ्चालनमा आइसकेको छ।
भारत, मलेशिया तथा इन्डोनेशियाका अत्याधिक बुकिङ भएका शहरहरु क्रमश गोवा, क्वाला–लम्पुर तथा जकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा ११९ प्रतिशतले वृद्धि भएको छ ।
ओयो होटल्स् एण्ड होम्स्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड् तथा फ्रयानचाईज होटल, घर तथा आवास भएको कम्पनीको दाबी छ।