नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य स्टार क्रिकेटर सन्दिप लामिछानेलाई व्यवसायी घरानाका युवा सदस्यहरुले सम्मान गरेका छन्।
उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रवलजंग पाण्डेका सुपुत्र तथा पाण्डे परिवारका युवा सदस्य प्रणवजंग पाण्डेले सम्मान गरेका हुन्।
उनले होटल व्यवसायी युवराज श्रेष्ठसँग मिलेर सम्मान गरेका हुन्।
राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाइरहेका लामिछानेलाइ सम्मान गर्न पाउँदा खुसी भएको पाण्डेले बताए।
लामिछानेसँगै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र प्राविधिक विश्लेषक रमन शिवाकोटीलाइ पनि सम्मान गरेका छन्।
लामिछानेलाई एकपटक सम्मानमात्र भन्दा पनि दीर्घकालिन सहकार्यको शुरुवात पनि गरिने पाण्डेले जानकारी दिए।
'हामी समग्र युवाहरुको प्रेरणा हो उहाँ त्यसैले एकपटक सम्मान गर्नेमात्र भन्दा पनि दीर्घकालिन सहकार्यका लागि अघि बढ्न चाहन्छौ' उनले भने।