जगदम्बा स्टील्स् भारतको स्टील संगठन स्टील ‘अथोरिटी अफ् इण्डिया’द्वारा सम्मानित भएको छ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘कस्टमर फेलिसिटेशन मिट २०१९’ नामक कार्यक्रममा स्टील्स्को विश्व बजारको २०१८,२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको कम्पनीको भनाइ छ।
जगदम्बा स्टील्स्का प्रमुख शंकरलाल अग्रवालले उक्त सम्मान अनिलकुमार चौधरी, अध्यक्ष तथा प्रबन्धक निर्देशक स्टील्स् अथोरटी अफ इन्डियाबाट स्वीकारेका थिए।