सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ।
मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ मोबाइल हबले जानकारी दिएको छ।
एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ।साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
सिटिसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल खरिद गर्न सकिन्छ।एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले जानकारी दिए।
हबका अनुसार मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ।
मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन्। एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा छन् ।
नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएकोे मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।