म्यागाटो इन्डिया प्रा.लिले अरभिन्द इम्पोरियम प्रा.लिसँगको सहकार्यमा आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको छ।
विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु विक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने आधुनिक प्रविधि तथा मेसिनरीहरु विक्रि वितरण गर्दै आईरहेको छ।
कम्पनीबाट उत्पादित प्रविधिहरुले कम विजुली लागतमा बढि उत्पादन गर्न सक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादकत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको हो।
नेपाली बजारमा उत्पादन सार्वजनिक गर्ने कम्पनीको कार्यक्रममा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्री प्रमुखहरुको उपस्थित रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रि म्यानेजर (साउथ एसिया) दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलड र विक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो ।
साथै अरभिन्द इम्पोरियमको तर्फबाट संचालक विश्वनाथ गोयल, सुरेन्द्रकुमार गोयल तथा कार्यकारी संचालक बन्टि जैनको सहभागिता रहेको थियो।
सोही कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरुको बारेमाजानकारी दिएका थिए।
साथै यस अत्याधुनिक प्रविधिबाट नेपाली सिमेन्ट जगतमा हुने फाईदाको बारेमा जानकारी दिइएको थियो।