आइचर एन्ड ट्र्क, ‘भिई कमर्सियल भेइकल’ले २एस(सर्भिस एन्ड स्पेयर्स)सुविधा संचालनमा ल्याएको छ।
काठमाडौंको जगति चेकपोस्ट नजिकै सर्भिस एन्ड स्पेयर्स सेवाको सुरुवात गरिएको छ। यहाँबाट ट्रक, बस तथा आइचरको सबिसिङ रिपेयरिङ लगायलका सम्पूर्ण सुबिधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीले ‘इस्टर्न म्यानेजमेन्ट’संगको सहकार्यमा सेवा सुरु गरेको हो। सांसद महेश बस्नेतले सेन्टरको उद्घाटन गरेका हुन्।