सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातमा कडाइसँगै उत्पादन बढाएर निर्यात पनि बढाउने रणनीति बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको व्यापार घाटा न्यूनीकरण रनीतिले विदेशमा बजार भएका नेपाली उत्पादन बढाएर निर्यात बढाउने रणनीतिको लक्ष्य रहेको छ।
रणनीतिले सूचना प्रविधदेखि सिमेन्टसम्म निर्यात गर्नसकिने र अन्य सम्भावित उत्पादन खोजी गर्दै जाने लक्ष्य लिएको छ।
रणनीतिले हाल नेपालमा आइरहेको प्रासोधित पानी निरुत्साहित गर्ने रणनीति लिएको छ। त्यसका लागि गुणस्तर र करको टुल प्रयोग गर्ने उद्देश्य लिएको छ।
त्यस्तै नेपालको हिमाली क्षेत्रमा रहेको मिनरल वाटरलाई प्रसोधन गरेर खाडी मुलुकमा निर्यात गर्ने लक्ष्य सरकारको छ। त्यसका लागि सरकारले सहयोग र सहजीकरण गरिदिने बताइएको छ।
अबको १ वर्षभित्रै यो काम सक्ने र ३ वर्षपछि नियमित पानी निर्यात हुने बताइएको छ।