हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले मनसुन लक्षित ‘हुण्डाई मनसुन डिलाइट’ योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्ड मार्फत् १ लाख रुपैयाँ सम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन । कम्पनीका अनुसार ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ। सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहितउपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फर्त सेवा प्रदान गरिरहेको छ।