दक्षिण कोरियाको फास्टफुड फ्रेन्चाइज रेष्टुरेन्ट लोट्टेरिया नेपाल प्रवेश गरको छ। लोट्टे ग्रुप अन्तर्गतको उक्त फ्रेन्चाइज नेपालभर सञ्चालन गर्न हिमालय एनकेले लोट्टे जिआरएससँग सम्झौता गरेको हो।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो।
चार दशक पूरानो उक्त फ्रेन्चाइजमा भियतनाम,म्यानमार, इन्डोनेसिया लगायतका मुलुकमा १६०० बढी आउटलेटहरु सञ्चालन भइरहेका छन्।
नेपालमा हिमालय एनकेले पिहलोचरणमा काठमाडौंमा आउटलेट खोल्ने छ। यसको व्यवस्थापन शुरुमा लोट्टेले नै सम्हाल्ने छ। विस्तारै आफै सम्हाल्ने कम्पनीले जानकारी दिएको छ।
यसमा खुल्ने फ्रेन्चाइजमा विदेशी लगानी पनि आउने छ। पहिलो चरणमा छ करोड लगानी आवस्यक हुने कम्पनीले जानकारी दिएको छ।