मुस्ताङ हेलिकप्टर कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट हेलिकप्टर ल्याउने अनुमति पाएको छ। प्राधिकरणले कम्पनीलाई चारवटा हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्न आजै अनुमति दिएको हो।
२०७५ सालको बैशाखमै मन्त्रीस्तरीय निर्णयबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स पाएको कम्पनीले एनओसी भने १५ महिनापछि पाएको हो। अपरेशन म्यानुअल,म्यानपावर र डकुमेन्टेशन पूरा गरी अनुमति पाइएको कम्पनीका अध्यक्ष रोनन लामिछानेले जानकारी दिए।
२ थान 'एचवान२५ ३५० बी" सिरिजका युरोकप्टर र २ थान रोविन्सन आर६६ हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने अनुमति पाएको हो।
पहिलोचरणमा २ वटा युरोकप्टर ल्याउने र सन् २०१९ को अक्टुबरबाट व्यावसायिक उडान शुरु गरिने लामिछानेले जानकारी दिए।
यो सँगै नेपालमा हेलिकप्टर सेवाप्रदायकको संख्या ११ पुगेको छ।